काठमाडौं । अभिनेत्री आँचल शर्मा घुमघामकाे लागि सिंगापुर पुगेकी छिन् ।

सिंगापुरको समुन्द्री तटबाट उनले आफ्नो बोल्ड तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् ।

रातो रङको स्वीमसुटमा देखिएकी आँचल फेसन सेन्सका लागि अब्बल अभिनेत्री मानिने गरेकी छिन् ।

उनले इन्स्टाग्राम स्टाटस लेखेकी छन्, ‘लहरजस्तै रहिरहुन् बेबी ।’ उनले आफैंले आफूलाई प्रेरणा दिन खोजेको अर्थको रुपमा उक्त स्टाटसलाई लिन सकिन्छ ।

हालै प्रदर्शनमा आएको चलचित्रबाट सफल हुन नसकेकी आँचल अहिले सिंगापुरमा छ्ट्टी मनाइरहेकी छिन् । आँचलकै शीर्ष भूमिका रहेकाे चलचित्र ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलाले घरेलु बक्स अफिसमा २५ लाख रुपैयाँ मात्र कमाउन सफल भयाे । चलचित्रले व्यावसायिक रुपमा राम्राे कमाई गर्न भने सकेन ।

उनको पछिल्लो सफल चलचित्र ‘झिंगेदाउ’ थियो भने अहिले उनी ‘वर एण्ड वधु’ चलचित्रको तयारीमा छिन् ।

तपाईको प्रतिक्रिया