- दिलिप योन्जन तमाङ


अघाएर टन्न तिमी, सोध्छौ भोक के हो मलाई
कसरी काट्ने बाकी जिबन दुख्ने मुटु जलाई !

आकाश ओडी सुत्दा पनी खेद्ने सधैं फुट्पाथ बाटै
जिउदै मरेको लास हुँ म, चाहिन्न डन्लब खाटै !

कन्टेनरमा भोक खोज्न थाल्छु,हेर्दै हास्छन महल
रोगले जब तड्पिन्छु म, बच्चाउन गर्दैन पहल !

भाग्य लेख्ने देउता भन्छ मान्छे,सबै समान गरे मान्थे
पल पल मर्दै जिउनु भन्दा, मर्न पाए भुतले खान्थे !

जाडो आउछ गर्मी जान्छ, सुत्छु म त भुईमा
भोकले खादा बेहिसीमा, बाच्छु म त सुईमा !

फालेको लाउछु फेरी फाट्छ सिउने ठाउँ छैन
दिनले घोच्छ रातले पोल्छ, बुझ्ने कसैले हैन !

तपाईको प्रतिक्रिया