काठमाण्डौ जेष्ठ १५ – बिशेष गरेर आधुनिक गीत संगीतमा आफ्नो कला प्रस्तुत गर्दै आएकी गीतकार एवं गायिका जानुका लामिछाने भर्खरै मात्र एउटा लोक दोहोरी गीत सार्बजनिक गरेकी छिन् । उक्त गीत “कति बस्छौ लामखुट्टे धपार” बोलको रहेको छ । रोमान्चक स्वादबाट तयार भएको यस गीतमा जानुका लामिछानेको साथमा सरोज लामिछानेको पनि सुमधुर स्वर सुन्न सकिन्छ ।

प्रस्तुत गीतमा लय शब्द पनि गायक स्वयम् सरोजको रहेको छ । जानुकाको आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतलाई छोटो समयमा नै धेरै दर्शकहरुले हेरिसकेका छन् ।

“कति बस्छौ लामखुट्टे धपार” बोलको गीतको म्युजिक भिडियोमा दिपक बि सी, पुनम दुरा, सी पी पुडासैनी (धतुरे), सितादेवी तिमल्सिना (चन्द्रमुखी), केशब सापकोटा, सुशिला निरौला (बिमली), रामहरी बि सी, राजेन्द्र गिरी (गुन्द्रुके), बाबुराम शाक्य, मायादेबी श्रेष्ठ, सरद प्रसाद लामिछाने र सुरज नेपालको आकर्षक अभिनय देख्न सकिन्छ ।

यति धेरै राष्ट्रिय स्तरका कलाकारहरुलाई अटाईएको कारण पनि यस गीतले छोटो समयमा नै अशंख्य श्रोता तथा दर्शकहरुको मन जितेको अड्कल काट्न सकिन्छ । केदार प्रसाद घिमिरे द्वारा निर्देशित भिडियोलाई छायांकन नबराज उप्रेतीले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया