1
आमा मेरी आमा मलाई छोडी जानु भो काहा
स्वर्गको बास मिलोस आमा हुनु हुन्छ जाहा !
2
जन्मे पछी मर्नु पर्छ यस्तै छ संसारको रिती
आमा मेरी आमा कसरी भुलाउ माताको प्रिती !
3
कहिले रुइन दु:खले पोल्दा साहासी आमा मेरो
जन्मे पछी मर्नु नै पर्ने खटन कस्तो दैब तेरो !
4
छोडेर गएउ, बाच्दैछु एकलै, बेदना साचेर
हासो र खुसी सबै,बिलाई गयो,के गर्नु बाचेर !
5
कस्लाई सुनाउ मनको पिडा जानु भो छाडेर
बाच्नेछु आमा गरीब दुखीलाई खुसी बाडेर !
6
अर्को जन्ममा नी जन्म देउ आमा छोरा भनेर
चम्कने छु यो सन्सारमा म आमा तारा बनेर !