काठमाण्डौ असार २३ – स्थायी घर नुवाकोट भएका लोकप्रिय गायक तथा सर्जक राम स्याङ्गतानले पुनः आफ्नो स्वरमा शर्मिला वाइबाको लोक दोहोरी गीत “सानु कहाँ छौ सार्बजनिक गरेका छन् । उनले यस भन्दा पहिले पनि थुप्रै गीतहरु सार्बजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जिती सकेका छन् । यस पटकको गीतमा राम संगै पार्वती कार्की, सुजन पाख्रिन र शर्मिला वाइबाको सुमधुर स्वर सुन्न सकिन्छ ।

बाध्यता र विवसताले पूर्व प्रेमी आफूबाट टाढा भएपछी र दोश्रो कोहि संग बैबाहिक बन्धनमा बाँधिएर गएपछि उक्त प्रेमिकाको घरपरिवारका सदस्यबाट अपहेलना खेप्न पर्यो कि भन्ने किसिमको चिन्तन समाबेश गरिएको यस गीतको भावलाई शर्मिला वाइबाले नै कापीमा उतारेकी हुने भने संगीतमा पनि उनैले बुनेकी हुन् ।

राम स्याङ्गतान युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा राजु सापकोटा निहारिका थापा, सुर्य दवाडी र रोशनी भुजेल बिमला देखिएका छन् । भिडियोलाई निर्देशन राजु सापकोटाले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धिलालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया