काठमाण्डौ असार २३ –  प्रत्यक्ष दोहोरी तर्फ आफ्नो छुट्टै पहिचान स्थापित गरेकी नुवाकोटे चेली शान्ति तामाङ्गले आफ्नो पछिल्लो सांगीतिक प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “स्वर्गकी परी” भर्खरै सार्बजनिक गरेकी छिन् । आफुले गरेको मेहनत र त्यागलाई अशंख्य श्रोता तथा दर्शकहरुको आफ्नो मन मस्तिष्कमा राख्नु हुने छ भन्ने पूर्ण बिश्वासमा उनले यो गीत अर्चना स्याङ्गतान नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् ।

“स्वर्गकी परी” बोलको गीतमा जनक लामा र शान्ति तामाङ्गको सुमधुर स्वर सुन्न सकिन्छ भने लय बिष्णु तामाङ्ग र शब्द अशोक कुमार सापकोटाको रहेको छ । आफुले मन पराएको मान्छेलाई स्वर्गकी परी जस्तै देखिपछिको रोमान्चक भाव समाबेश गरिएको गीतको म्युजिक भिडियोमा अर्चना स्याङ्गतान, तेजमान तामाङ्ग, इन्द्र तामाङ्ग र स्वस्तिका ओझाको आकर्षक अभिनय देख्न सकिन्छ । गीत निकै कर्णप्रिय र मौलिक स्वादमा रहेकोले उचाइमा पुग्ने बिश्वास गर्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन राम के सी र सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया