काठमाण्डौं ।
साहित्यकार तथा गीतकार दिलिप योञ्जनको शब्द रचनामा “ आमा मेरी आमा ” गीतको रेकर्डिङ्ग आज काठमाण्डौं अनामनगर स्थित
किङ्ग स्टुडियोमा सम्पन्न गरिएको छ । । राजेश थापाको संगीत तथा राजु कार्कीको एरेन्जमा यो गीत तयार गरिएको हो । गीतमा गायिका श्रेयसी चेम्जोङ लिम्बु ले स्वर दिएकी छन । स्व. पासाङ् डोल्मी तामाङको सम्झनामा श्रद्धाञ्जली स्वरुप गीत निमार्ण गरिएको हो । यस गीतमा जन्मदिने आमाले संसार देखाउन गरेको दुख र संधर्ष लाई समेटिएको छ । उक्त गीतको भिडियोलाई छिट्दै आस्था मिडिया प्रालीको च्यानल मार्फत सार्वजनिक गरिने समेत गीतकार योञ्जनले बताए ।

तपाईको प्रतिक्रिया