काठमाडौं । करिब ३ वर्ष अघि बजारमा आएको न्यु मेन्दोमाया गित ‘रिबन फरर’ बोलको गीतबाट गायक सुर्य मम्बाले सर्वोत्कृष्ट अवार्ड हात पार्न सफल भएका छन् ।
गत साउन २० गते सम्पन्न नेपाल चलचित्र बिकास बोर्डको सभाहलमा काली देवी मिडिया हाउसद्वारा आयोजित राष्ट्रिय फिल्म एन्ड म्युजिक अवार्ड कार्यक्रममा मेन्दोमाया गित ‘रिबन फरर’ ‘ बाट गायक सुर्य मम्बाले सर्वोत्कृष्ट अवार्ड हात’ परेका हुन् ।

काली देवी मिडिया हाउसका संचालक बिनायक तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम राष्ट्रिय सभा सदस्य माननीय पूर्व उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम प्रमुख अतिथि, विशिष्ट अतिथिहरुमा तामाङ चलचित्रका केन्द्रिय अध्यक्ष तथा नायक कुमार मोक्तान तामाङ लगायतका नेपाल राष्ट्रिय तामाङ घेदुङका अध्यक्ष वीर बाहादुर योन्जन, राष्ट्रिय संगीत कर्मी संघ रसुवा जिल्लाका निवर्तमान अध्यक्ष तथा तामाङ चलचित्र संघ महासचिव तथा नायक दावा फिन्जो तामाङ, बरिष्ठ नृत्य निर्देशक कमल राई,नेपाल टेभिजनका प्रबन्धक फुल मान बल,बरिष्ठ हास्य कलाकार बुद्धि तामाङ हैट, उत्तम केसि चुइचुई पारेर,तामाङ चलचित्र निर्देशक बिनय दोङ,बरिष्ठ संगीतकार सुरेस अधिकारी , चलचित्र निर्माता सरोज शर्मा राष्ट्रिय संगीत कर्मी संघका केन्द्रिय उप महासचिव तथा गायक जीवन परियार,आङ तेम्बा शेर्पा मोडल,राष्ट्रिय एकता अभियानका उपाध्यक्ष ओम प्रकाश चालिसे, गायक तथा कलाकार लिलाराज बानियाँ लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी अतिथिहरुमा चलचित्र निर्मता बिमल गुरुङ,कलाकार तथा २२ धाराका संचालक सिर्जना तामाङ,अन्जना तामाङ,कृष्ण बहादुर गुरुङ,राम शरण गुरुङ लगायत,कलाकारहरु, सुभचिन्तकहरु विभिन्न संघ संस्थाका पदाधिकारीहरु, मिडियाकर्मी पत्रकारहरु सर्वसाधारहरुको बृहत् सहभागिता रहेको थियो ।
सर्वोत्कृष्ट अवार्ड प्राप्त गर्न सफल मेन्दोमाया गित ‘रिबन फरर’

 

तपाईको प्रतिक्रिया