चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्र क्षेत्रमा समस्याको चाङ भएको बताउनुभएको छ ।
सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राज्यसँग चलचित्रकर्मीहरुले राखेका मागहरु शुन्यप्राय भएको बताउनु भयो । उहाँले सरकार गम्भीर नहुँदा चलचित्र उद्योग पछि परेको परेको बताउनु भयो । उहाँले नेपाली चलचित्रको आन्तरिक बजारको व्यवस्थामा पनि थुप्रै चुनौति रहेको पनि बताउनु भयो । उहाँले नेपाली चलचित्रलाई राज्यले गहनाको रुपमा मात्रै बुझ्ने गरेको भन्दै आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली चलचित्रहरुको समस्याको अध्यावधि गर्ने हो भने चाङ नै लाग्छ । राज्यसँग हामीले राखेका मागहरुको सम्बन्धमा सुनुवाई शुन्यप्रायः छ । सरकार गम्भीर नहुँदा उद्योग पछि परेको छ । सरकार गम्भीर भइदियोस् । नेपाली चलचित्रको आन्तरिक बजारको व्यवस्थामा पनि थुप्रै चुनौति छन् । बाहिरको त कुरै छोडौँ । नेपाली चलचित्रलाई राज्यले र केही मानिसले गहनाका रुपमा बुझ्नुहुन्छ, चलचित्र क्षेत्र गहना होइन, २१ औँ शताब्दी सशक्त माध्यम हो, साहित्य, सिर्जना मात्रै बोक्दैन, पर्यटन, राष्ट्रियता, राष्ट्रका कुरा बोकेको छ । देशको मेरुदण्ड हो ।’

अध्यक्ष खड्काले चलचित्र क्षेत्र गहना नभइ राज्यको मेरुदण्ड भएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया