केही समय अघि क्यान्सर रोग बाट उपचार गरि रेस्ट समयमा रहेका खड्का खालि वस्न सकेनन । मृत्यू र जिवनको दोसाँधमा पुगेका खड्का यति बेला नेपाली कला क्षेत्रमा देखिन थालेका छन ।
उपचार बाट फर्के पछि उनी एका एक निर्माता निर्देशकको नजरमा पर्न थालेको देखिन्छ।
उपचार पछि उनले zee Nepal tv बाट आउन लागेको गफमै गफाडी, deshhome को रमाइलो टेलिभिजन बाट प्रसारणको तयारिमा रहेको सृष्टि लगायत केही साना ठुला काम मा अभिनय गर्दैछन ।
त्यसै गरि खड्का ले पछिलो समय लोकप्रिय मानिएका कर्णप्रिय आवाजका धनि बल बहादुर राजवँशि र एलिजा सिवाकोटीको आवाजमा सजिएको गितमा म्युजिक भिडियो खेलेका छन।
उक्त गितको छायांकन काठमाडौंका विभिन्न स्थानमा भएको थियो भने यश गित लाई निर्देसन विगत लामो समय बाट निर्देसन गर्दै आएका नेपाली हास्य टेलिशृङखला तितो पिरो लगायत धेरै कामको अनुभब लिसकेका अनिस खतिवडा ले गरेका छन अशोक फिलिम्सको ब्यानरमा बनेको भिडियोमा निर्माण निर्मला खड्का ,लक्ष्मी सङग्रौलाले गरेका हुन।
उक्त गितमा बिगत लामो समय देखि नेपाली कला क्षेत्रमा देखिदै आएकि नायिका शुभेक्षा थापा र भुवन खड्काको मुख्य भुमिका साथै पछिलो समय सर्वादिक रुचाएका कलाकार कृष्ण सिवाकोटी साथै बिमला गिरि ,सफल शर्मा र नानु भण्डारि उक्त गितमा देख्न सकिन्छन।
निर्देशक अनिस खतिवडा भन्छन गित लाई नेपाली सामाजिक पारिवारिक कथा वस्तु लाई समेट्न खोजेका छौ।
त्यसै गरि स- निर्माता लक्ष्मि सङग्रौला भन्छन नेपाली कला जगतले समाजको धार्मिक सहिस्रुणता एक गराएर लानु पर्ने देखएको र हिन्दुहरुको महान चाडहरुको जगेडा गर्नु पर्ने युवाको दायित्व भएको ले आफुले उक्त गित निर्माणमा सहयोग पुर्याएको बताउछन।
उक्त गित Hamro subscribe tv युटुव च्यानल बाट प्रसारण हुने र दर्शकको मन जित्न समसामयिक विषयमा भिडियो निर्माण गरेको जानकारी निर्माता निर्माला खड्का ले हामी लाई जानकारी गराएकी छिन।










