काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ महिला टी-ट्वेन्टी सिरिजका लागि पहिलो चरणमा २२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

बागमती प्रदेश टिमका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएकी सोनी पाख्रिन पनि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूचीमा समावेश छिन् । अन्य खेलाडी भने पुरानै दोहेारिएका छन् ।

रुविना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे, पूजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का र रुवि पोद्दार छन् । यस्तै सबनम राई, अस्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कञ्चन श्रेष्ठ, सोमु विष्ट, अप्सरी बेगम, कोजोल श्रेष्ठ, मनीषा चौधरी र कविता जोशी पहिलो चरणको बन्द प्रशिक्षणमा सहभागी हुनेछन् ।

कात्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने सिरिजमा नेपाल, हङकङ, जापान र तान्जानियाबीच प्रतिस्पर्धा हुनेछ । महिला टिमको प्रशिक्षण मनोज कटुवालले सम्हाल्नेछन् ।

तपाईको प्रतिक्रिया