काठमाडौं । गायक अबिराज लकान्द्रीको डेब्यु म्युजिक भिडियो ‘सुनिदेउ न’ सार्वजनिक भएको छ। यस गीतमा स्वर, शब्द र संगीतमा स्वयम् गायक लकान्द्रीको रहेको छ। गीतको अडियोको काम ‘क्लास एक्स’ मा गरिएको हो। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा गायक लकान्द्री, सुम्निमा राना, आदेश गहतराज लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ। प्रशान्त योगीले छायाँकन गरेको यस गीतको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्। शान्ती तामाङ सहाएक निर्देशक रहेको यस गीतको भिडियोलाई बिराज खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो गायकको आफ्नै च्यानल ‘ अबिराज’ मार्फत सार्वजनिक भएको हो। निर्माण टिमले म्युजिक भिडियो हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया