साइबर सुरक्षा सम्बन्धि घटनाहरुलाई न्यूनीकरण गर्नका लागि आइसिटी पत्रकार विकाश मञ्च , एडुप्ले युवा नेपाल र नेपाल टेलिकमको संयुक्त आयोजनामा साइबर सुरक्षा सम्बन्धि सचेतानमूलक कार्यक्रम नागार्जुन ठुलागाउँ माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । नेपाल टेलिकम केन्द्रिय कार्यलय भद्रकालीका अच्युत ओझाले साइबर अपराध घट्नाबाट जोगिन अपनाउनु पर्ने तरिका, त्यसका फाईदा तथा बेफाईदा र कानुनी प्रावधानका बारेमा सचेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रममा नागार्जुन ठुलागाउँ माध्यमिक विद्यालयका प्रधानाध्यक अर्जुन फुयाँल, सहायक प्रध्यानाध्यापक शिव प्रसाद फुयाँल , विध्यालय इन्चार्ज कुमार हुमागाईँ , नेपाल टेलिकम गोगवु शाखाका प्रमुख अग्नी प्रसाद घिमिरे, निर्मल घिमिरे, वजार व्यावस्थापक केशव भटराई , आइसिटी पत्रकार मञ्चकी उपाध्यक्ष मायालु लामा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा नागार्जुन ठुलागाउँ माध्यमिक विद्यालयमा बालबालिकाहरुको सहभागिता रहेको थियो । हाल विश्वव्यापी फैलिएको कोरोना भाइरसको उच्च जोखिम कारण समाजमा बढ्दै गएको साइबर अपराधका घटनाहरुलाई न्यूनीकरण गर्नका लागि उक्त सचेतनामूलक कार्यक्रम संचालन गरिएको ।

तपाईको प्रतिक्रिया