विराटनगर : होली मनाएर सुनकोशी नदीमा पौडी खेल्न गएका उदयपुरका तीन जना बालबालिका बेपत्ता भएका छन् ।

आइतबार उदयपुरको त्रियुगा नगरपालिका-१४ साउनेका ३ बालबालिका सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार साउनेका ८ वर्षीय चोलकचन्द्र मगर, ७ वर्षीय रिदम मगर र ११ वर्षीय रेखा मगर बेपत्ता भएका हुन् ।

उनीहरु होली मनाएर साउनेको धाप्लाङघाटमा पौडी खेल्न गएका बेला नदीमा डुबेर उनीहरु बेपत्ता भएको प्रहरी उपरीक्षक थापा बताए ।

उनीहरूसँगै पौडी खेल्न गएका अन्य ४ जना बालबालिकालाई भने स्थानीयले काशी नदीबाट उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएका बालबालिकाहरुको खोजी कार्य जारी रहेको उदयपुर प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया