जनकपुरबाट थप उपचारको निम्ति राजधानी ल्याइएका एक जना दम रोगीको त्रिभुवन विमानस्थलमै निधन भएको छ । जनकपुरबाट यति एअरलाइन्सको उडानमा बिहान सवा ११ बजे काठमाडौं ल्याइएका ८१ वर्षे रामप्रसाद साहको एम्बुलेन्स ढिलो पुगेका कारण विमानस्थलमा नै प्राण गएको बताइएको छ ।
जनकपुरबाट ल्याउनुअघि नै ललितपुरको मेडिसिटीलाई खबर गरिए पनि एम्बुलेन्स ढिलो पुगेको हो । विमानस्थलबाट अस्पताल लैजाने तयारी गर्ने क्रममा साढे १२ बजे उनको निधन भएको थियो ।
साहको मृत शरीरलाई एम्बुलेन्समा राखेर साढे १ बजेको समयमा मेडिसिटि हस्पिटल पुर्याइएको बुझिएको छ ।