काठमाडौंको तीनथानास्थित सिभिल होम्स पछाडि पुरुषको शव फेला परेको छ । कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिका जोड्ने पुल नजिकै बल्खु खोलाको किनारमा डुबेको अवस्थामा साँझको समयमा शव फेला परेको बताइएको छ ।
प्रहरीले शव सप्तरीको राजगढ गाउँपालिका २ घर भएका र हाल चन्द्रागिरी नगरपालिका १५ फरेस्ट पाखा बस्दै आएका ३२ वर्षे वैभव सिंहको भएको बताएको छ । उनको मुख र दाहिने आँखामा चोट लागेको छ ।
स्थानीयले खबर गरेपछि साँझ घटनास्थलमा बलम्बुबाट प्रहरी टोली पुगेको बताइन्छ । शवको मुचुल्का तयार पारेर पोस्टमार्टमको निम्ति शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको जानकारी दिएको छ ।