बेला बेलामा विभिन्न भाषामा नेपाली राष्ट्रिय गीत रेकर्डिङ हुने र म्युजिक भिडियो बन्ने गरेका छन् । यसै क्रममा भर्खरै मारवाडी भाषाको पहिलो राष्ट्रिय गीत रेकर्डिङ भई म्युजिक भिडियो समेत बनाई एक भब्य कार्यक्रममा विमोचन गरिएको छ ।
उक्त गीतलाई भद्रपुर-५, झापा निवासी वरिष्ठ साहित्यकार सत्यनारायण तायल ज्यूले लेख्नुभएको हो । उक्त गीतमा वरिष्ठ संगीतकार विकास चाैधरीको संगीत अनि विकास चाैधरी, सरोज वत्स, डा. कुमार सुवेदी, पवित्रा ओली, सञ्जीवनी पाैडेल र सीता पाैडेलको स्वर रहेको छ । यसको निर्देशन पितमकुमार धमला(झापाली कान्छा), कोरियोग्राफी राज लावती, सिनेमाटोग्राफी र इडिटिङ्ग सुवास मेन्याङ्गबोले गर्नुभएको थियो, मुख्य अभिनय झापाली कान्छा र माही शर्माले गर्नुभएको थियो भने प्रोडक्सन मेनेजरको रूमा प्रदिप महतो र द्रोण विक्रम कोइराला रहनुभएको थियो । देशप्रेमले ओतप्रोत गीतले राष्ट्रिययताको वीर रसपान अवस्य गराउनेछ । उक्त गीतको भिडियो Kumar Subedi Official नामको YouTube Channel मा हेर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया