लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा त्रैमासिक रुपमा संचालन गरिने रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम शनिवारका दिन स्रष्टा गणेश रसिकलाई नगद रु १००००/(दश हजार ) सहित लीलाध्वज स्रष्टा सम्मानले सम्मान गर्दै भव्यताकासाथ सम्पन्न भएको छ ।

उक्त सम्मान/ पुरस्कार प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाद्वारा प्रदान गरिएको थियो । सम्मानित स्रष्टा रसिकले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मान पाउँदा आफू ज्यादै अनुग्रहित भएको कुरा व्यक्त गर्दै लीलाध्वज थापा प्रति श्रद्धान्जली व्यक्त गरेका थिए । स्वर्गीय थापाद्वारा लेखिएको २०१४ सालमा मदन पुरस्कार प्राप्त गर्न सफल उपन्यास मन लगायतका उपन्यासहरू आफूले पढेको बताउंदै साथै सोही मन उपन्यासको लेखकको नामबाट आफूले उहाँलाई चिनेको उल्लेख गर्दै त्यस्तो विराट व्यक्तित्वको नाममा उहाँको छोरा विजयध्वज थापा स्वयं पनि गीत,कविता मुक्तक, नियात्रा लगायतको लेखनकर्ममा सक्रिय स्वयं पनि एक विख्यात साहित्यकार पिताजीको नाममा प्रतिष्ठान स्थापना गरेर रचना वाचन तथा सम्मान कार्यक्रम गर्दै आएकोमा प्रशंसा गर्दै यस्ता स्थापित पुरस्कारबाट सम्मानित हुन पाएकोमा अत्यंत गौरवान्वित भई सृजना कर्ममा जिम्मेवारी बढेको बताउंदै संस्थाको थप उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

सो कार्यक्रममा अग्रज साहित्यकार तथा दायित्व वाङ्मय प्रतिष्ठान अध्यक्ष रामप्रसाद पन्तले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित व्यक्तित्व साहित्यकार गणेश रसिकका विषयमा प्रकाश पारेका छन् । उक्त कार्यक्रममा अध्यक्ष थापाले सम्मानित स्रष्टाले लामो समयदेखि नेपाली भाषा , साहित्य, र संगीतमा उल्लेखनीय सेवा गर्दै आउनुभएको योगदानको कदर गर्दै सम्मानित गरिएको बताएका छन् ।

उक्त कार्यक्रममा मुकुन्द न्यौपाने, उत्तम विचार , कुमार नेपाल, धरणीधर गुरागाईं,बद्री उप्रेती, रुद्र अधिकारी, मदन प्रसाद नेपाल, नवराज “नवशिला”सुन्दर खड्का, रूपा रिसाल चालिसे, सुभाषचन्द्र पोडेल ‘ भिमफेदिया’ ,रत्न विरही घिमिरे,पुनम घिमिरे,दुर्गा किरण तिवारी,नम्रता उप्रेती,अरुण खड्का, राजेन्द्र घिमिरे,निश्चल घिमिरे, दिपक पनेरू,केशवप्रसाद पराजुली,सन्तोष राई,ई.मन भुजेल,लव खडका,उमेश पाण्डे,प्रद्युम्न जोशी,दिपक पनेरू,उदाश कार्की,विजयध्वज थापा ले आ-आफ्नो रचना वाचन गरेका थिए भने स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका निभाएका थिए ।

अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउँदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्दै हालसम्म सतहत्तर अग्रज तथा विशिष्ट स्रष्टालाई स्रष्टा सम्मानले, छ जनालाई साहित्य सम्मानले तथा ४०० जनालाई कदर-पत्रले सम्मानित गर्न पाउँदाको खुशी व्यक्त गर्नुकासाथै उपस्थित सम्पूर्ण स्रष्टा प्रति हार्दिक आभार व्यक्त गरेका छन् ।उक्त कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो । उक्त प्रतिष्ठान यसस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा पारिवारिक स्रोतबाट स्थापना एवं सन्चालन भएको संस्था हो ।

तपाईको प्रतिक्रिया