विराटनगर ÷ एसईई परीक्षामा मर्यादाविपरीत कार्य गर्ने एकजना केन्द्राध्यक्षलाई जिम्मेवारीबाट हटाइएको छ ।
विराटनगर–७ स्थित शिक्षासदन केन्द्रका केन्द्राध्यक्ष विजय रौनियारलाई जिम्मेवारीबाट हटाइएको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख टंक गौतमले जानकारी दिए । रौनियारले परीक्षाको मर्यादाविपरीत कार्य गरेको पाइएपछि केन्द्राध्यक्षबाट हटाइएको गौतमको भनाइ थियो ।
रौनियारको स्थानमा गोग्राहा माविका पूर्वप्रधानाध्यापक वेदुकुमार खतिवडालाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको छ । सो केन्द्रका परीक्षा निरीक्षकहरुलाई पनि जिम्मेवारीबाट हटाइएको गौतमले जानकारी दिए ।