काठमाडौं । पछिल्लो समय नेपाली फिल्मको छायांकनमा ड्रोनको प्रयोगमा वृद्धि हुन थालेको छ । दृश्यलाई आकर्षक रुप दिन छायाकारले ड्रोनलाई अधिकतम प्रयोग गर्न थालेका छन् । तर यसका लागि ड्रोन उडाउन चाहिने तरिका र कानुनी व्यवस्था जान्नु जरुरी छ । यिनै कुरालाई ख्याल राखेर चलचित्र विकास बोर्डले छायाकारलाई १० दिने निःशुल्क ड्रोन पाइलट ट्रेनिङ दिने भएको छ । बोर्डले बुधबार सूचना जारी गर्दै कार्यशालामा सहभागी हुन नेपाली छायाकारलाई आग्रह गरेको छ । विदेशमा ड्रोन पाइलट अध्ययन गरेका उड्डयन क्षेत्र र नेपाल प्रहरीका विज्ञले तालिम दिने बोर्ड अध्यक्ष दिनेश डिसीले बताए । दक्षता अभिवृद्धिका लागि २५ जना नेपाली चलचित्र छायाकारलाई तालिम दिन लागिएको बोर्डले जनाएको छ । आवेदन फारम बोर्डको वेबसाइटबाट डाउनलोड गरी दिन सकिने जनाइएको छ ।
तपाईको प्रतिक्रिया
Ilam advertisment 9804300018
9804300018 For Advertisement
सम्बन्धित समाचार
पुस १ र २ गते महानगर रोजगार मेला
विराटनगर ÷ रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरुलाई जोड्ने उद्देश्यले विराटनगर महानगरपालिकाले दोस्रोपटक ‘महानगर रो...
पत्रकार महासंघ कोशी प्रदेशको अध्यक्षमा तीन जनाको उम्मेदवारी
विराटनगर २५ मंसिर । नेपाल पत्रकार महासंघको कोशी प्रदेशको अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । मंसिर २८ गते महासंघको ...
कोशी प्रदेशका सहकारीमा बचतकर्ताको कुल ३३ अर्ब ११ करोड ६ लाख बचत
विराटनगर २५ मंसिर । कोशी प्रदेशमा रहेका सहकारी संस्थाहरुमा पाँच लाख रुपैयाँसम्म बचत गर्ने बचतकर्ताको आठ लाख २२ हजार तीन ...
काभा भलिबलमा गण्डकी लगातार तीन खेलमा पराजित
काठमाण्डौ – गण्डकी प्रदेशले काभा पुरुष क्लब च्याम्पियनशिपमा लगातार तेस्रो हार बेहोरेको छ । त्रिपुरेश्वरको राष्ट्रिय खेलक...
मंसिर २५ गते मंगलबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाइले सोचेको काम सफलता पूर्वक सम्पन्न हुने देखिन्छ । साथै अन्न लाभ पनि हुनेछ...
एनपीएलका लागि नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किए
काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवन स्वदेश फर्किएका छन् । धवन हिजो ...