नेपाल सहित विश्वका विभिन्न मुलुकमा वसोवास गर्दै आएका १० नेपाली धावकहरु आगामी महिना जापानमा आयोजना हुने टोकियो म्याराथुन २०२५ मा सहभागी हुने भएका छन।
नेपाल, अमेरिका, बेलायत र मकाउमा रहदै आएका नेपालीहरु टोकियो म्याराथुनमा सहभागी हुने पक्का भएको हो। नेपालबाट जुम्लारारा आईअल्टीच्युट अल्ट्रा लगायतमा सहभागीता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउका विरु राई अमेरिकाकाबाट सन्तोष कर्माचार्य, युवराज खनाल र जीत बुढा मगरले सहभागिता जनाउदै छन।
यसैगरी सवैभन्दा धेरै बेलायतबाट विश्वका बिभिन्न प्रतियोगितामा सहभागिता जनाई सकेका ५ जना नेपाली धावकहरु आत्मराम दाहाल, अनु सिग्देल, प्रतिक गौचन, नारायण पन्त, सागर गुरुग सहित नेपाली समुदायसंग नजिक रहेर सहभागी हुने २ जना भारतियहरु ऋषि अत्री र कुष्ण अत्रीले समेत सहभागिता जनाउने छन।
नेपाल रन युके नामक संस्थाको संस्थापक समेत रहनु भएका धावक आत्मराम दाहालका अनुसार पहिलो पटक ठूलो संख्यामा नेपालीहरुले टोकियोमा सहभागिता जनाउन लागेका हुन। हजारौको सख्यामा जापान तथा विश्वभरिका धावकहरु सहभागिता रहने प्रतियोगितामा गोलाप्रथा तथा प्रायोजकको सिफारिसका आधारमा मात्र सहभागिता हुन सकिने प्रावधान रहेको छ।
आगामी मार्च २ तारिक आईतबार बिहान टोकियो सिन्जुकु शहरबाट म्याराथुनमा सुरु हुनेछ। १० किलोमिटर छोटो र ४२ किलोमिटर लामो दुरीको प्रतिस्पर्धा टोकियो स्टेशनमा सकिने छ। सवै नेपाली खेलाडीहरु ४२ किलोमिटर लामो दुरीको दौडमा भाग लिने छन।
हौसलाका लागि नेपाली समुदायमा अपिल
नेपाली खेलाडीहरुले आफनो हौसलाका लागि जापानवासी नेपालीहरुमा नेपाली झण्डा सहित विभिन्न क्षेत्रमा सहभागि भई हौसला प्रदान गरिदिनुहुन अपिल गरेका छन।सिन्जुकुबाट दौड सुरू हुन्छ। त्यहा भिड हुने भएकाले दर्शकहरू चिनिदैन। तर नेपाली झण्डा सहित सहभागी भए हामीमा अलग्गै उर्जा थपिन्छ, धावक आत्मराम दाहालले अनुरोध गर्दै सकेसम्म सिन्जुकु, आकिहावारा, आसाकुसा, गिन्जा, सिनागावा हुदै टोकियो स्टेशनमा टुंगिने भएकाले सो क्षेत्रमा जापानवासी नेपालीहरूलाई अनुरोध गर्नुभएकोछ।








































































