काठमाडौं ।लोकप्रिय गायक प्रमोद खरेल र गायिका अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको नयाँ नेपाली म्युजिक भिडियो ‘के गरौं भन तिम्रो हुनलाई’ सार्वजनिक भएको छ।
रोमान्टिक भर्सनको गीतलाई गीतकार किरण के उप्रेतीले मनछुने शैलीमा प्रस्तुत गरेका छन् भने नबिन कार्कीको संगीत र बिशाल निरौलाको संगीत संयोजनले गीतलाई अझ सशक्त बनाएको छ।
भिडियोमा कलाकार रञ्जन कोईराला र गरिमा शर्माको उत्कृष्ट अभिनय देख्न सकिन्छ। भिडियोमा सुजन श्रेष्ठको छायांकन रहेको छ भने बिष्णु खड्काले भिडियो सम्पादनमा कलात्मकता प्रस्तुत गरेका छन्।
मुनाल शिशिर कोइरालाको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोलाई ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। भिडियोलाई दर्शक सोर्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

 

तपाईको प्रतिक्रिया