काठमाडौं ।पछिल्लो समयका चर्चित गायक सी डी विजय अधिकारी र गायिका समिक्षा अधिकारीको युगल स्वरमा ‘जाउ हिडौ बटौली ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले निर्माण गरेको गीतमा सुष्मा सिग्देलको शब्दरचना र अनिल शाहीको संगीत रहेको छ ।
पछिल्लो समयका हिट म्युजिक भिडियो जोडी उषा उप्रेती र प्रभातपाल ठकुरीको अभिनय रहेको भिडियोमा सौरभ लामाको सिनेमाटोग्राफी,सुदीप पाण्डेको कलर ग्रेडिङ र मित्र डी गुरुङको सम्पादन रहेको छ। भिडियोको कोरियोग्राफी र निर्देशन चर्चित निर्देशक कविराज गहतराजले निर्देशन गरेका हुन।
कुशल संगीतकार र गीतारबादक अनिल शाहीले धेरै लोकप्रिय गीतमा संगीत भरिसक्नु भएको छ सुमधूर स्वरमा गाउन पनि सक्ने खुबी भएका अनिलले गीतमा मोडलिङ साथै म्युजिक भिडियो समेत निर्देशन गरिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया