काठमाण्डौ । नेपाली गीत संगीतको क्षेत्रमा व्यवसायिकता नहुँदा पनि धेरै कलाकारहरु आफ्ना कृतिलाई बढुवा दिन कृयासिल छन् । यिनै कलाकारको भिडमा अर्का एक पात्र हुन् गोकुल ढकाल । उनले यस क्षेत्रका लागि कयौं त्याग गरिसकेका छन् ।
उनै गोकुलको पछिल्लो प्रस्तुति वियोगान्त लोक दोहोरी गीत “पिंडा” भर्खरै बजारमा आएको छ । गोकुल ढकाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतलाई लय गोकुल ढकालले नै भरेका हुन् भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । गीतमा स्वर घमेश दुलाल र शुष्मा ग्रेस नेपालीको रहेको छ ।
प्रस्तुत गीतको म्युजिक भिडियोमा कुमार सुनेल, गोकुल ढकाल, राजन चौलागाईं खैराते, रिया पन्त, ऋतिका खड्का, अरुण कुमार गिरी, डक्टर सुमिना मैनाली र बोध कुमारी बजगाईंको जीवन्त अभिनय देख्न सकिन्छ ।
“पिंडा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन चक्र बहादुर बराल र सम्पादन बिष्णु खड्काले गरेका छन् । भिडियोमा प्रेम वियोगबाट अर्धचेत भूमिकामा प्रस्तुतकर्ता गोकुल देखा परेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला । समाचार साभार गर्दा श्रोत खुलाउनु होला ।