काठमाडाैं। समाजसेवी तथा गायिका सकुना श्रेष्ठ ‘मलेकु’ले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर नयाँ भजन ‘कृष्ण कृष्ण’ सार्वजनिक गरेकी छिन ।
एच बी सुनारको शब्दरचना ,मञ्जु उपासनाको संगीत र सुदिप सागरको एरेञ्ज रहेको ‘कृष्ण कृष्ण’ भजनलाई अकेस्टिंङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
एच बी सुनारले नै निर्देशन गरेको ‘कृष्ण कृष्ण’ भजनको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईको छायाङ्कन र प्रविन भट्टको सम्पादन रहेको छ । भिडियोमा गिता ढुंगाना र गोविन्द विवस अभिनय रहेको छ ।

२०७८ साल देखि सांगीतिक यात्रा सुरु गरेकी गायिका सकुना श्रेष्ठको तिजका दर्जनौं लोकप्रिय गीतहरू बजारमा ल्याइसकेकी छिन । यसैगरी ‘जन्मघर दोलखा, दोलखा बजारमा, कति सहन्छौ जस्ता आधुनिक गीतका साथै श्यामसुन्दर, दोलखा भीमेश्वर, रामराम र पार लगाउन प्रभु जस्ता भजनलाइ दर्शक स्रोताले मन पराएका छन ।

उनले भजनमा मात्र नभइ आधुनिक गीतमा समेत नारी सशक्तिकरणको पक्षमा आधारित गीतहरू गाएकी छिन । धार्मिक आस्था र सेवा भावमा तल्लीन भएकी सकुना श्रेष्ठ दोलखाको भीमेश्वर देवता र मच्छिन्द्रनाथप्रति पूर्ण भक्तका रूपमा पहिचान बनाउन चाहन्छिन् ।
आफ्नो गायनयात्रा सँगै सामाजिक उत्तरदायित्व पनि पूरा गरिरहेकी सकुना श्रेष्ठ पछिल्लो सामाजिक प्रेरणाको प्रतीक बनिरहेकी छिन।

तपाईको प्रतिक्रिया