काठमाण्डौ । है सानु, चन्चले यो मन, सेतो घोडा जस्ता कयौं सफल गीतमा आफ्नो सुमधुर स्वर भरिसकेका लोकप्रिय गायक तथा सर्जक गोकुल राउतको प्रस्तुतिमा “लाल हिरा” बोलको गीत केहि समय अगाडी मात्रै सार्वजनिक भएको छ । नेपाली गीत संगीतको क्षेत्र सम्बृद्धिका निमित्त अग्रगामी सोच राख्दै आफ्नो कलाकारिता यात्रा अगाडी बढाई रहेका राउतको प्राय सबै गीत सफल छन् ।

शशी बिक्रम थापाको लय र राउत कै शब्दद्वारा सजिएको “लाल हिरा” बोलको गीतमा गोकुल राउत र पार्वती कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ । निकै रोमान्चक सैलिमा तयार भएको यस गीतको म्युजिक भिडियोमा अबिशा धिताल, अस्तिक कार्की र रत्न बास्तोलाको आकार्शक अभिनय देख्न सकिन्छ ।

गोकुल राउत युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई निर्देशान आशोक धितालले गरेका हुन् भने छायांकन सुरेन्द्र बस्यल र सम्पादन रोशन धितालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया