काठमाडौं । नेपाली सुगम संगीत एवं पार्श्व गायनका सदाबहार गायक आनन्द कार्की र ममता गुरुङको युगल स्वरमा ‘जाली रुमाल फुलबुट्टे ‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली गीतसंगीत र चलचित्रको विकास र प्रबर्दनमा सक्रिय अग्रणी कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले निर्माण गरेको गीतमा सुष्मा सिग्देलको शब्दरचना र अनिल शाहीको संगीत रहेको छ । गीतलाई अनिल शाहीले नै एरेन्ज गरेका हुन् ।
आनन्द कार्की , ममता गुरुङ र सरोज प्रजाको अभिनय रहेको भिडियोमा सागर बस्नेतको सिनेमाटोग्राफी, प्रमोद के भण्डारीको कोरियोग्राफी र विकास दाहालको सम्पादन रहेको छ। युवा निर्देशक युवराज वाइबाले भिडियोको निर्देशन गरेका हुन । ‘जाली रुमाल फुलबुट्टे ‘ को भिडियोलाइ ‘हाइटेक इन्टरटेन्टमेन्ट’को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडियो सार्वजनिक भएको केहि घण्टामा नै दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । पुरानो चलचित्र भीष्म प्रतिज्ञाको सुपर हिट गीत “ओ मेरी प्रियेशी” को संगीतकार एवं गिटारिस्ट अनिल शाहीले संगीत भरेका धेरै गीतहरु दर्शकको रोजाइमा परेका छन् ।

तपाईको प्रतिक्रिया