काठमाण्डौ । वरिष्ट लोकप्रिय गायक तथा सर्जक घमेश दुलालले पोहोर साल जस्तै यस वर्ष पनि नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको शुभकामना सहित दशैँ गीत “दशैँ तिहार समुन्द्र पारी” लाई भर्खरै सार्वजनिक गरेका छन् । गत आइतबार काब्य म्युजिक अवार्डको बिशेष समारोहबीच बिमोचन गरेर सार्वजनिक गरिएको उनको यो गीत पूर्वेली स्वादमा रहेको छ ।
नारायण दंगालको संगीत संयोजनमा साहित्यकार केशबराज चौलागाईंको शब्द रचनाबाट सजिएको गीतलाई लय घमेश दुलाल र केशबराज चौलागाईंको रहेको छ भने स्वर घमेश दुलाल र शारदा रसाइलीको सुन्न सकिन्छ । एक सामान्य परिवारको सदस्य बाध्यताले परदेशिएको र विभिन्न चाड पर्वमा आफ्नो आमा बाबा संगै रहन नपाएको बिलौनामा यो गीत तयार भएको छ ।
निरेन श्रेष्ठको निर्देशनबाट बनेको गीतको भिडियोमा भीमसेन दाहाल, मान महर्जन, रामकुमार खतिवडा, रिया पन्त, सुन्दर आर डी र कुमार नेपालको अभिनयमा देख्न सकिन्छ । घमेश दुलाल युट्युब च्यानल मार्फत सार्वजनिक भएको भिडियो सुनिल भण्डारीको छायांकन र अमृत चापागाईंको सम्पादनमा तयार भएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।