काठमाण्डौ । वर्ष दिनको पर्व दशैं र तिहारलाई पिंडामा मात्र होइन हर्सउल्लासका साथ् पनि मनाउनु पर्छ भने सन्देशका साथमा मखमली अधिकारीको प्रस्तुतिमा “शिरमा टिका” बोलको गीतलाई सार्वजनिक गरिएको छ । गीतमा परदेश रहेका आफ्नो मान्छे वर्षौंपछी दशैं मान्न घर फर्किएको कथा सामबेश गरिको छ ।

राम स्याङ्गतान युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतमा राम स्याङ्गतान र कुमारी लामाको सुमधुर स्वर सुन्न सकिन्छ । गीत नारायण दंगालको लय र शारदा रसाइलीको शब्दबाट सजिएको छ ।

दशैं पर्व तडकभडक नगरी घाँटी हेरर हाड निल्नु पर्छ भन्ने संदेश प्रबाह गरिएको यस गीतको म्युजिक भिडियोमा राज मगर र जुना कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन सुनिल भण्डारी र सम्पादन राजकुमार मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया