काठमाण्डौ । युवा स्वरोजगारको सुव्यवस्था नहुँदा कयौं नेपालीहरुको परदेशिने क्रम जारी रहेको छ । अझै दशैंको समयमा नै भिसा लाग्दा र स्वदेश छोड्नु पर्दाको पिंडा त झनै सहिनसक्नु हुन्छ । यस्तै पेरीफेरीमा लोकप्रिय गायक तथा सर्जक गोबिन्द अर्यालले आफ्नो पछिल्लो प्रस्तुतिमा “फर्कुंला कमारै” बोलको गीत सार्वजनिक गरेका छन् ।
गोबिन्दले यस भन्दा पहिले पनि थुप्रै गीत संगीत सार्वजनिक गरिसकेका छन् । उनले बिगतका गीत जस्तै यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्सकहरुले साथ् दिने बिश्वास व्यक्त गरेका छन् । गीतलाई गोबिन्द अर्याल कै लय, शब्द र स्वर सुन्न सकिन्छ ।
परिवारको एक जिम्मेवारी सदस्य भएको र सम्पूर्ण अविभारा आफ्नो काँधमा परेकोले परदेशिनु परेको कथालाई बुनिएको यस गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, उमेश कार्की यु के, रिया पन्त, समिता रिजाल, देबी पौडेल, मोहन घिमिरे, सुमन बि.क र उमेश घोरासैनिको जीवन्त अभिनय देख्न सकिन्छ ।
नारायण दंगालद्वारा संगीत संयोजन भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन उमेश कार्की यु के ले गरेका हुन् भने छायांकन डेनिश खनाल र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई गोबिन्द अर्याल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।