काठमाण्डौ । गीत संगीतको माधुर्यता बाट नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्दै आफ्नो कलाकारिता यात्रा अगाडी बढाई रहेका लोकप्रिय गायक तथा सर्जक एवं मोडल गोकुल ढकालले भर्खरै मात्र नेपालीहरुको दोश्रो महान चाड दिपावलीलाई लक्षित गर्दै “दाई भाई विदेश” बोलको गीत सार्वजनिक गरेका छन् । उक्त गीतको प्रस्तुतकर्ता लक्ष्मी दर्नाल पनि हुन् ।
गीतमा सानु केसी र सरगम शाही ठकुरीको सुमधुर सवार सुन्न सकिन्छ । गीतमा आफ्नो दाजु भाई परदेश हुँदा चेलीको हात खालि भएको कथा समाबेश गरिएको छ । नारायाण दंगालको संगीत संयोजनबाट सजिएको यस गीतलाई लय बाल चन्द्र घोरासैनिले तयार गरेका हुन् भने शब्द अशोक कुमार सापकोटाको रहेको छ ।
मौलिक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा गोकुल ढकाल, श्रीजन पण्डित, दिनेश श्रेष्ठ, लक्ष्मी दर्नाल र सम्झना श्रेष्ठको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन मिलन श्रेष्ठले गरेका हुन् भने छायांकन बिशाल गोंगा र सम्पादन रोशन धितालले गरेका छन् । गीतलाई गोकुल ढकाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।