काठमाण्डौ । वर्षौं देखि प्रबासमा रहेका आफ्नो दाजु घर आउने खुसीमा तयार भएको तिहार गीत “चेली र माइती” भर्खरै सार्वजनिक भएको छ । उक्त गीत रोशन दानी क्षेत्रीको परिकल्पनामा रुपेश दानी क्षेत्री र संगम थापाको प्रस्तुतिमा रहेको छ ।
कलाकार रुपेशका अनुसार प्रबासमा रहेका एक पल्टने दाजु तिहार मान्न स्वदेश आएका र दिदी बहिनी दाजु भाइको आत्मियताका साथमा तिहार पर्व निकै हर्षउल्लासले मनाइएको कथा समाबेस गरिएको छ । साथै गीतमा एक प्रेमी र प्रेमिकाको पानि कथा समाबेस गरिएको छ ।
संगम थापाको लय र रुपेश दानी क्षेत्रीको शब्दद्वारा सुसजित गीतमा दश जना कलाकारहरुको स्वर सुन्न सकिन्छ । जसमा संगम थापा, सरोज लामिछाने, सानु के सी, बिमल ठकुरी, नारायण दंगाल, रचना रिमाल, कोपिला तामाङ्ग वाइबा, स्मृति गौतम, सरगम शाह ठकुरी र शारदा रसाइली रहेका छन् ।
गीतको भाव जस्तै भिडियो पनि निकै उत्कृष्ट बनेको छ । उमेश कार्की यु केद्वारा निर्देशित भिडियोमा रुपेश दानी क्षेत्री, सरिता थापा, सबिन थापा, सलिसा ठकुरी, रेनुका आले मगर, बिनिता दाहाल, राम खड्का, अप्सरा ओली, रोशन दानी, सुदिप बिडारी, हरिकृष्ण दानी, रुकमणि दानी, प्रेम बहादुर थापा, रिता थापा, रिता खड्का, आभास दियो, रेगम दानी, रोनिका दानी बिडारी गरेर जम्माजम्मी अठार कलाकारहरुको जीवन्त म्युजिक भिडियो अभिनय देख्न सकिन्छ ।
एस आर म्युजिक क्रियसन युट्युब च्यानाल मार्फत सार्वजनिक भएको भिडियोलाई डेनिश खनालले छायांकन गरेका हुन् भने सम्पादन रोशन धितालले गरेका छन् । गीतको अन्तमा स्वदेश आएका पल्टनेलाई मानो रोपे मुरी आफ्नै देशमा फल्छ परदेश नफर्की आफ्नै देशमा केहि गरौँ भन्ने किसिमको संदेश प्रबाह गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।