काठमान्डौ । व्यवसायिकता भन्दा पनि मौलिकतालाई प्राथमिकतामा राख्ने गायक तथा सर्जक गोबिन्द घोरासैनिले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “दिल चोरेर फरार छे लुरी” लाई सार्वजनिक गरेका छन् । उनका गीतहरु सुन्दा बसेको ठाउँबाट नै जुरुक्क उठेर नाचौं झैं लाग्ने हुन्छन् । यस गीतलाई पनि सोहि स्वादमा तयार गरिएको छ ।
गीतमा लय गायक स्वयम् गोबिन्दले तयार पारेका छन् भने शब्द बालचन्द्र घोरासैनिको रहेको छ । गोबिन्द घोरासैनी अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतलाई संगीत संयोजन भने आर के मिलनले गरेका छन् ।
निकै रोमान्चक स्वादमा तयार भएको यस गीतको म्युजिक भिडियोमा एकै नाम गरेका दुई कलाकार उमेश घोरासैनी, रिया पन्त र प्रनिता गहतराजको आकर्षक अभिनय देख्न सकिन्छ । उमेश कार्की यु केद्वारा निर्देशित यस गीतको म्युजिक भिडियोलाई छायांकन मरुभूमि नारायण र सम्पादन रोशन धितालले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




































