काठमान्डौ । लोकप्रिय गायक तथा सर्जक अर्जुन गुरुङले पुनः आफ्नो पछिल्लो सांगीतिक प्रस्तुतिलाई सार्वजनिक गरेका छन् । उनले “यो परदेशी जीवन” नाममा तयार भएको यस गीतलाई अर्जुनदृष्टि म्युजिक युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।

गुरुङले यस भन्दा पहिले पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । भाग १ को रुपमा बजारमा आएको प्रस्तुत गीतको अन्य भागहरु पनि क्रमस बजारमा आउने उनले जनाकारी गराएका छन् ।

बाध्यताको भुमरीमा परेर एक परिवारको सदस्य परदेशिनु परेको पिंडामा आधारित  गीतमा शितल गुरुङ र जानुका तामाङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना उनै ख्यातिप्राप्त कलाकार गुरुङले नै गरेका हुन् ।  गीतमा संगीत संयोजन भने तिलक ओलीको रहेको छ ।

निकै मर्मस्पर्सी भावमा तयार भएको यस गीतको म्युजिक भिडियोमा मुकेश गुरुङ, संचिता शाही, नव थापा, सुदिप कोइराला इल्ला पुरीको जीवन्त अभिनय देख्न सकिन्छ । बबिता श्रेष्ठ मलेखुद्वारा निर्देशित यस गीतको म्युजिक भिडियोलाई मुकेश हुमागाईंले खिचेका हुन् भने सम्पादन नबिन बोहराले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया