काठमाण्डौ । रेशुङ्गाको शिरमा, म त गाउँमा तिमि शहरमा लगायत थुप्रै गीत संगीतमा आफ्नो सृजना भरिसकेका लोकप्रिय सर्जक मन्त्रि कौशालले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा रेशुङ्गाको शिरमा बसेर भाग ४ “परदेशीको बाटो कुरेर” बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । स्थायी घर गुल्मी भएका कौशालले यस भन्दा पहिले पनि थुप्रै गीत संगीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मान जितिसकेका छन् ।

जीवन जिउने पाटो व्यावसायिकतालाई पनि साथमा लिएर उनले आफुलाई लागेको संगीत नशा त्याग्न नसकेर बेलाबखत यस्ता गीत संगीतहरु बजारमा ल्याईरहन्छन् । कौशालले सामाजिक यथार्थपरक मर्मस्पसी गीत मात्र होइन केहि दिनमा नै एक रोमान्चक गीत सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । तर उक्त गीतको बोल भने हाललाई जानकारी गराएका छैनन् ।

मन्त्रि कौशलको लय तथा शब्द सृजनामा तयार “परदेशीको बाटो कुरेर” बोलको गीतमा लोकप्रिय गायक तथा सर्जक एवं मोडल पवन परियार र देवी घर्तीको सुमधुर स्वर सुन्न सकिन्छ । कलाकार पवन संगीत संयोजनको माध्यमबाट पनि संगीत क्षेत्रमा परिचित छन् । उनले अहिले सम्म दर्जनौ गीतहरुमा संगीत संयोजन गरिसकेका छन् ।

माथी उल्लेखित गीतको म्युजिक भिडियोमा जुना गुरुङ, प्रकाश टन्डन, भोले भण्डारी धनीराम मुस्कान, अस्मिता कौशल, समिता कौशल, अजय कौशल, संगीता तामाङ्ग र युबराज सुनामको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रदिप सिंह थापाले गरेका हुन् भने छायांकन तथा सम्पादन देव श्रीपालीले गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई मन्त्रि कौशाल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

भिडियो हेर्न ताला क्लिक गर्नु होला ।

 

तपाईको प्रतिक्रिया