काठमाडौं । शिव श्रेष्ठद्वारा निर्माण गरिएको गायक भेनस केसीको स्वरमा स्वरमा रहेको पहिलो गीत ‘उडाई लैजाउला’ सार्वजनिक भएको छ । शिव श्रेष्ठकै शब्द तथा संगीत र सशांक सापकोटाको म्युजिक प्रोडक्सन रहेको गीतको बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोमा टिकटक हुदै पछिल्लो समय म्युजिक भिडियोमा जमेकी मोडेल श्रीतिका श्रेष्ठ र मनोज महर्जनको अभिनय रहेको छ। प्रेमिल शैलीको गीतको भिडियोलाई रमणीय पर्यटकीयस्थल बन्दिपुरमा छायांकन गरिएको छ। निकेश खड्का निर्देशन रहेको भिडियोमा पुनम श्रेष्ठको कोरियोग्राफी ,दिनेश पराजुलीको सिनेमाटोग्राफी र विकाश धमलाको सम्पादन रहेको छ । गीतलाई मन सुनुवार र सुजाता रन्जितले सयुक्त रुपमा निर्माण गरेका हुन् भिडियोलाई द चेरी प्रोडक्सन (TheCherry Productions) को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया