काठमाण्डौ । धेरै नेपाली लोक तथा दोहोरी गीत संगीतमा काम गरिसकेका लोकप्रिय गायक तथा सर्जक प्रकाश पुरीले पुनः अर्को गीत “चोट” लिएर बजारमा आएका छन् । स्थायी घर सिन्धुपाल्चोक भएका उनका पहिलेका अन्यकौं सृजनाहरु आज पनि अशंख्य श्रोता तथा दर्शकहरु माझ लोकप्रिय रहेको छ ।
पुरीले बिशेष गरेर मौलिकता ध्यान दिने गर्दछन् । व्यवसायिकताको नाममा बिकृति नआओस् भन्ने मान्यता बोक्ने उनि लोक तथा दोहोरी गीत संगीतको क्षेत्रबाट सिन्धुपाल्चोक जिल्लाकै शान बनेका छन् ।
चोट बोलको गीतलाई लय सुफिक्स मदनले भरेका हुन् भने शब्द देब पुरीको रहेको छ । गीतमा प्रकाश पुरी र गङ्गा सोनामको सुमधुर स्वर सुन्न सकिन्छ । शुभ साइत म्युजिक युट्युब च्यानल मार्फत सार्वजानिक भएको यस गीतको म्युजिक भिडियोमा ओबी रायमाझी, ममता चन्द क्षेत्री र दिक्षा घिमिरेको अभिनय देख्न सकिन्छ ।
गीतको भावनुसार भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन सुनिल भण्डारी र सम्पादन राजकुमार मगार्ले गरेका छन् । गायक तथा सर्जक पुरीले पहिलेका गीतहरुलाई जस्तै यस गीतलाई पनि सम्पूर्ण श्रोता तथा दर्शकहरुले मन पराइदिनुहुनेमा बिश्वास व्यक्त गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




































