काठमान्डौ । बिशेष गरेर आफ्नै पाखापखेरा बोल्ने गीत संगीत प्रस्तुत गरिरहेकी लोकप्रिय सर्जक एवं गायिका शर्मिला तामाङ्गले पुनः आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा सेलो गीत “पाउदैन है पाउदैन” बोलको गीतलाई सार्वजनिक गरेकी छिन् । उनले यस भन्दा पाहिले पनि दर्जन भन्दा बढी गीतहरु बजारमा ल्याईसकेकी छिन् ।
बिष्णु तामांगको संगीत सम्योजान रहेको सेलो स्वादमा तयार भएको स्थायी घर सिन्धुपाल्चोक भएकी तामाङ्गको यस गीतमा विश्व दोङ्ग र शर्मिला तामाङ्गको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय तथा शब्द सिर्जना फुल कुमार बम्जनले तयार परेका हुन् ।
शर्मिला तामाङ्ग युट्युब च्यानल मार्फत सार्वजानिक गरिएको यस मौलिक गीतको म्युजिक भिडियोमा सिर्जना तामाङ्ग, मन्सु पाख्रिन र संजय लामा योंजनको अभिनय देख्न सकिन्छ । धन बहादुर तामाङ्ग सागरद्वारा निर्देशित यस गीतको म्युजिक भिडियोलाई विजय लामाले खिचेका हुन् भने सम्पदान पदम सुबेदीले गरेका हुन् ।
भिडियो हेर्ना तल क्लिक गर्नु होला ।




































