काठमाण्डौ । करिव एक दर्जन लोक तथा दोहोरी गीत सार्वजनिक गरिसकेका कुमार चौलागाईंले आफ्नो पाछिल्लो प्रस्तुतिको रुपमा “जुनेली” बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । स्थायी घर सिन्धुपाल्चोक भएका चौलागाईको प्राय सबै गीत सफल छन् । उनि कलाकारिता क्षेत्रमा मात्र सिमित छैनन्, आफ्नो दैनिक जीवनयापनका लागी एक व्यवसाय समेत संचलान गरिरहेका छन् । त्यहि व्यवसायबाट भएको धेरथोर लाभलाई चौलागाईंले यस क्षेत्रको सम्बृद्धिका निमित्त लगानी गर्ने गर्दछन् ।
व्यवसायिक रुपमा नभै आफ्नो मरनउप्रान्त आफ्ना कृति जीवित रहोस् भन्ने मान्यता राख्ने उनको यस प्रस्तुतिमा प्रतिमा अर्याल र कुमार चौलागाईंको सुमधुर स्वर सुन्न सकिन्छ । संगीतको कुलतमा फसेका चौलागाईका अनुसार आफु निदाएको अवस्थामा प्रतिमा अर्याल संग घमासान दोहोरी परेको सपना देख्छन् र त्यहि सपनामा गुनगुनाएको गीतलाई आफुले जीवन्तता दिएको बताउँछन् ।
कुमार चौलागाईं कै लय र अर्का लोकप्रिय सर्जाक शम्भु नेपालको शब्दले सजिएको यास गीतको म्युजिक भिडियोलाई उमेश कार्की यु के ले निर्देशन गरेका हुन् भने रुपेश दानी क्षेत्री र इन्दु दनुवारको अभिनय देख्न सकिन्छ । भिडियोलाई मरुभुमि नारायणले खिचेका हुन् भने सम्पादन रोशान धितालले गरेका छन् । गीतलाई कुमार चौलागाईं युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।




































