काठमान्डौ । घुमाई घुमाई, यो हरियो चोलो, लगायत विभिन्न गीत संगीत प्रस्तुत गरिसकेका लोकप्रिय गायक तथा सर्जक रोशन के.सी ले भर्खरै मात्र आफ्नो पछिल्लो लोक सांगीतिक प्रस्तुति सार्वजनिक गरेका छन् । यस पटक भने उनले एकै चोटी दुई गीत सार्वजनिक गरेका हुन् । उक्त गीत छाता झल्लारे र आएन काल बोलको रहेको छ । गायक तथा सर्जक रोशनले पहिलेका गीतलाई झैं यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले मन पराइदिनु हुनेमा बिश्वास राखेका छन् ।

छाता झल्लारे बोलको गीतमा रोशन कै लय तथा शाब्द सृजना रहेको छ भने यस गीतमा रोशनको साथमा गायिका गीता देवीको सुमधुर स्वर सुन्न सकिन्छ । उक्त गीत रोमान्चक स्वादमा रहेको छ । यसैगरी गरी अर्को गीत आएन कालमा रोशन के सी कै लय शब्द र गीता देवीको एकल स्वर सुन्न सकिन्छ । यो गीत भने मर्मस्पर्सी स्वादमा रहेको छ ।

गीत संगीतबाट कमाउने भन्दा पनि उनले यस क्षेत्रको सम्बृद्धिका निमित्त कुनै कन्चुसाई नगरी लगानी गरिरहेका छन् । हर कोणबाट निकै मझ्बुद ढंगले तयार पारिएको छाता झल्लारे बोलको गीतको म्युजिक भिडियोमा बद्रि प्रसाद तिवारी र रन्जिता बिस्वकर्माको आकर्षक अभिनय देख्न सकिन्छ । अर्को गीत आएन काल बोलको गीतको म्युजिक भिडियोमा गीता देवी, रोशन के सी, प्रमिला उप्रेती, मनोज पाख्रिन, मदान आचार्य र सुजन सेन्चुरिको जीवन्त अभिनय देख्न सकिन्छ ।

रोशन के सी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यी गीतहरु मध्य छाता झल्लारे बोलको गीतको म्युजिक भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् भने छायांकन दुर्गा पौडेल र साम्पदन मनोज कार्कीले गरेका छन् । यसैगरी आएन काल बोलको गीतलाई निर्देशन, छायांकन तथा सम्पादन आर बि सेन्चुरीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला । 

तपाईको प्रतिक्रिया