काठमाण्डौ । लोक दोहोरी गायक तथा सर्जक दिनेश श्रेष्ठको पछिल्लो सांगीतिक प्रस्तुति “बस्यो मायाँ” ले २ मिलियन भन्दा बढी शंख्यामा दर्शकहरु मायाँ पाएको छ । बजारले कस्तो गीत मागेको छ र श्रोता दर्शकहरुले कस्तो गीत सुन्न र हेर्न चाहेका छन् भन्ने ख्याल गरेर आफ्नो सांगीतिक प्रस्तुति तयार गर्न माहिर उनको यो मात्र होइन हरेक गीत नै सफल हुने गरेको छ ।
गीतलाई काजिस श्रेष्ठ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको थियो । दिनेशको साथमा गायिका स्मृति गौतमको पनि सुमधुर स्वर मिश्रणले यस गीतलाई थप मधुर बनाएको छ । यस गीतको अडियो भने दिनेश श्रेष्ठ टपिकको अडियो प्लेटफम मार्फत सार्वजानिक भएको हो ।
टिकटकमा समेत अशंख्य युजरहरुले प्रयोग गरेका यस गीतको म्युजिक भिडियोमा पल शाह र अस्मिता जुरेलीको आकर्षक अभिनय देख्न सकिन्छ । यस गीत संग सम्बन्धित कलाकार दिनेश श्रेष्ठले यो सफलताबाट पुनः अर्को उत्कृष्ट गीत तयार पार्न उर्जा मिलेको बताएका छन् ।
नारायण दंगालको संगीत संयोजनमा रहेको गीतमा श्रेष्ठ कै लय शब्द र भिडियोलाई निर्देशन काजिस श्रेष्ठले गरेका हुन् । प्रस्तुत गीतलाई सुरुवातिमा बस्यो मायाँ नामको साथमा सार्वजनिक गरिएता पनि अहिले जुनको छेउमा के हो र तारा, नाम परिवर्तन गरिएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।










