काठमाडौँ । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार सरोज संगम रावलद्वारा रचित एक मनोभावनात्मक गजल ‘दुनियाँ भुलेर आए’ सार्वजनिक भएको छ ।
गायिका तथा संगीतकार बबिना भट्टराईको संगीत रहेको उक्त गजलमा चर्चित गायक विश्व नेपाली र बबिना भट्टराईको नै स्वर रहेको छ जसलाई साहस शाक्यले एरेन्ज गरेका हुन्।
बबिना भट्टराईको अफिसियल युट्युब च्यानल (Babina Bhattarai ) मार्फत सार्वजनिक गजलमा सरोज बुढाथोकीको श्रृङ्गारमा गायिका तथा संगीतकार बबिना भट्टराई र गायक विश्व नेपाली फिचर्ड भएका गजलको भिडियोको निर्देशन केशव राज भट्टले गरेका हुन् जसमा प्रकाश खड्काको सिनेमाटोग्राफी र मीन रावलको सम्पादन र कलर ग्रेडिङ रहेको छ ।
विश्व नेपाली र बबिना भट्टराईको स्वरमा ‘दुनियाँ भुलेर आए’ सार्वजनिक (भिडियो)










