चर्चित बाल कलाकार समाइरा थापा अभिनीत नयाँ भिडियो ‘गाउँले मायाको’ सार्वजनिक भएको छ । गायक सन्तोष लिम्बु र चर्चित गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ लोकदोहोरी गीत ‘गाउँले मायाको’ सार्वजनिक गरिएको छ । गीतमा ओम तिलक ओलीको शब्द तथा संगीत रहेको छ ।

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ राजु सुनामले गरेका हुन् भने मिक्स मास्टरिङमा बिनोद परियारको सहकार्य रहेको छ । गीत ओजोन स्टुडियोमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोमा ‘कोशी डान्सिङ स्टार–सिजन २’ का पुरुषोत्तम भुसाल र बाल कलाकार समाइरा थापाको अभिनय देख्न सकिन्छ । भिडियोको निर्देशन सञ्जय धमलाले गरेका छन् भने कोरियोग्राफी सञ्जय विश्वकर्माको रहेको छ । मेकअप आर्टिस्ट सोनिका गजमेर हुन् ।
भिडियोको सम्पादन तथा रङ संयोजन बिनोद बमले गरेका छन् । सार्वजनिक गीत तथा भिडियोले ग्रामीण परिवेश र प्रेमभावलाई कलात्मक ढंगले प्रस्तुत गरेको निर्माण टिमले जनाएको छ ।

‘गाउँले मायाको’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया