काठमान्डौँ ,फागुन ११ । नेपाली सांगीतिक क्षेत्रमा प्रतिभाशाली नवगायकहरु प्रमोद शाह र रिजाल पायल राईको आगमन भएको छ । ‘उकाली ओराली’ बोलको गीतसँगै उनीहरु गायन क्षेत्रमा प्रवेश गरेका हुन । लोक लयमा आधारित गितमा नेपाली पनको भाका समेटिएको छ । गीतको गायकी सुने पश्चात उनलाई प्रतिभाशाली गायकको पंक्तीमा उभ्याइएको छ । सर्वोकृष्ट रचनाको रुपमा उनीहरुको गायन शैलिलाई लिन सकिन्छ ।
प्रमोद शाहको शब्द तथा संगितमा तयार पारिएको गीतको भिडियो पनि प्रियसी म्युजिक प्राली मार्फत सार्वजनिक भएको छ । उकाली ओराली भिडियोको निर्देशन बविता श्रेष्ठले गरेकीइ हुन् भने गीतको छायांकान सागर गौत्तम एवं सम्पादन अविनाश डिसीले गरेका छन् ।
गितको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया