काठमान्डौँ, फागुन २४,
नेपाली गित संगितमा नयाँ सष्टा तथा सर्र्जकहरुले मौलिक भाकाहरुलाई गित मार्फत बजारमा ल्याएर नेपाली गित संगितको क्षेत्रमा योगदान र आफनो गाउँ घरको यादहरु र जिवनशैलीलाई जिवन्त तुयाउने श्रेय अहिलेका नविन कलाकारहरुलाई जान्छ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा प्रेम केसीको लोकदोहोरी “सायद हाम्रो अन्तिम भेट होला ”को गितमा प्रेम रावल र टिका पुनको स्वरलाई अधिक मात्रामा श्रोताहरुले रुचाएका छन । विछोडको बास्तविक चरित्रलाई गितमा समेटने कोसिस गरिएको छ । प्रेम रावलको संगित तथा शब्दमा तयार पारिएको गितलाई मौलिक सिर्जनाको नविन उपहारको रुपमा लिन सकिन्छ । गितमा रोहन र प्रियाको अभिनय रहेको छ भने भिडियोलाई काजिस श्रेष्ठ र बविता श्रेष्ठले संयुक्क्त रुपमा निर्देशन गरेका हुन ।मायामा विछोडलाई सागर गौत्तमले छायाँकन तथा सुरेश राउतले सम्पादन गरेका छन ।

“सायद हाम्रो अन्तिम भेट होला ” भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

तपाईको प्रतिक्रिया