विराटनगर, चैत ९ । विराटनगरस्थित आरोहण गुरुकुलमा चैत्र १० गते बाट मसान नाटक मञ्चन हुने भएको छ । स्वर्गिय साहित्यकार गोपालप्रसाद रिमालको नाटक मसानलाई रंगकर्मी मुकेश कर्णले निर्देशन गरी चैत्र १० गते देखि चैत्र १७ गते सम्म साँझ ५ बजे हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गर्न लागिएको हो । नाटकमा दिपा पोखरेल, अशोक गौतम, निर्मल शर्मा, रिदम बस्नेत, विजया नेपाल, वर्षा न्यौपाने, सम्झना आचार्यले अभिनय गरेका छन । त्यसैगरी नाटकको प्रकाश भरत कार्की र साजसज्जा विकास पराजुली र राजेश ठाकुरले संयोजन गरेका छन् । गोपालप्रसाद रिमाल नेपाली साहित्यमा प्रगतिवादी साहित्यकारका रूपमा चिनिनुहुन्छ ।

तपाईको प्रतिक्रिया