आजभोलि मात्र होइन, गाई काट्न प्रतिवन्धको प्रारम्भ मसिना राज्यहरु गोरखा राज्यमा गाभिए पछिदेखि नै हो । खासगरी चाहि गिवार्णयुद्ध बित्रम शाहको पालामा गोवद्ध नगर्न कडा आदेश भएको थियो । तर यस्तो आदेश जारी गरेपनि गोवद्ध भने रोकिएको अहिले सम्म थाहा छैन ।
 
नेपालमा  गोहत्या निषेध गरे पछि गोहत्या गर्ने र गोमासांहार गर्नेलाई “पातकी’ “नरपिसाच” भनियो र कानुनी व्यवस्थाद्वारा कठोर सजायको व्यवस्था गरिएको छ । र, गोवद्ध गरेका नागरिकलाई १२ वर्षको जेल सजाय त अहिले सम्म पनि जारी नै छ ।
 
तामाङ र सार्कीहरुलाई मरेको गाई गोरुको मासु खान अलि–अलि छुट थियो । त्यस बापत बाहुन क्षेत्रीले सिनो खाने भोटेहरु भनेर तामाङलाई घृणा गर्ने गर्थे, भने सार्कीहरु सिनो खाने गिद्ध, गन्धे भनेर घृणा अपमानको सिकार भएकै हो । तर अहिले परिस्थिति बदलिएको छ र लडेर मरेको गाईको मासु समेत खानेलाई सजाय दिन थालिएको छ । 
 
यस्तो अवस्था आइ पुग्यो कि मान्छे मार्दा सजिलो छ गाई काट्दा गोलिले चिसिनु पर्ने भयो । त्यस्तै भएको थियो गोरखाका लाक्पा तामाङलाई । आजभन्दा ३ वर्ष अघि गाई काटेर खाएको भन्दै गोलि ठोकेर लाक्पा तामा्ङलाई मार्यो ।
 

तपाईको प्रतिक्रिया