काठमाडौं, चैत १६ । चर्चित बझाङ्गी गायक नरेश बिबिसीको प्रस्तुतिमा रहेको ‘जणिया भिनाजु’ नामक डेउडा गीत सार्वजनिक गरेका छ । शुशिल बोहोराको उत्कृष्ट शब्द सिर्जनामा रहेको सो डेउडा गितमा नरेश बिबिसी र शोभा थापाको उत्कृष्ट स्वर रहेको छ । ‘जणिया भिनाजु’ डेउडा गीतको भिडियोमा रोजी कुँवर र मनिस खड्काको अभिनय रहेको छ । सुदुरपश्चिमको मौलिकपन झल्काउने गीत भएकाले पनि अधिक मात्रामा दर्शक तथा स्रोताले मन पराउने नरेश ले बताएका छन । घरमा श्रीमती हुँदाहुँदै पनि सालीहरुसँग मदिरा सेवन गरी रमाउने भिनाजुहरुको चर्तिकलालाई देखाइएको छ । पछिल्लो समय लोप हुनै लागेको डेउडा संस्कृति बचाउन लागेका सुदुरपश्चिमेली कलाकारहरु निकै बजार लिदै गइरहेका छन् ।

‘जड्याहा भिनाजु’ को भिडियोः

तपाईको प्रतिक्रिया