वविना वस्नेत
दोलखा , हाल भक्तपुर
महाशय
हजुरको शहर र सुन्दरताको बयान गर्ने
म नालायक व्यक्ति हुँ म
जहाँ मानिसले मानिसलाई गरेको
दुर्दुर र निचता म हेर्न सक्दिन ।।
म अरुलाई जोताएर
भोको पेट भर्ने , भुँडी लगाउने

हजुर त सहरको मान्छे
हजुर जस्तो मान्छेलाई
काम गरि रहनु परेन
घाममा हिड्नु पदैन ।।
गोरा छालाहरु लुकाएर
फुर्ति लगाउनुको
अस्तित्व कहाँ छ खै लुकेको ?
हजुर त शहरको मान्छे ।।
साच्चि नेपाली हो भने तपाई
जानुहोस खोरियाहरु खन्न
लेप र क्रिम होइन
माटोहरु सगँ खेल्नु ठीक हुनेछ ।
त्यहाँ नेपाली सम्मान हुनेछन ।
दुर दराज देखी शहर एउटै हुनेछ ।।
हिमालमा बस्ने हिमालीले थाहा पाउलान
मान्छे सहरिया पनि मन हाम्रै हो

कहिले फरक नदेख्नु
हजुर त सहरको मान्छे ।।
वश !
हजुर नि मान्छे नै हो
किन फरक भैदियो तन र मनमा ?
भन्नुहुन्छ रे
मेरो शहरमा चैविसे घण्टा गाडी गुड्छ
रातभर अस्पताल खुल्ले छन
ज्यु
यो कुरामा म सहमत छैन
खै हजुरका सहरमा रुधा लाएका मान्छेले
ओखती पाएको ?
कस्ले बुभ्यो पुल माथी बस्नेको जिन्दगी ?
कसले सोध्यो माग्नेलाई तिमी के माग्छौ ??
हजुर त सहरको मान्छे
अनि के को महिमा

सहरमा
हे हजुरको घरमा चिल्ला गाडी होलान
सयन गर्ने कोठाहरु
मार्वलका थुङगाहरुले कुदिएका होलान ।
हजुर त सहरको मान्छे ।।
गरिवहरुको मन कुडिएको छ
सहरले सहरलाई गिज्याउने वेला
मलाई आवश्यक छैन
हजुर ठिक गर्दैहुनुहून्छ भन्न ।
हजुर त सहरको मान्छे ।

म यही भन्न चाहन्छु ।
त्यो दिन आओस
म अकिञ्चनहरुको सहर भनेर
सलाम गर्न पाइयोस
दुखेको मन
नेपालीले नेपालीको
दर्दमा मलम पटिट लगाउने
हजुरले नगर्नुहोला
सहरको मान्छेमा
यही ताजा दिमाख
तुफानी बनेर चलिरहोस
हजुरको गुनासो छैन महाशय
हजुर त सहरको मान्छे ।

तपाईको प्रतिक्रिया