राजु बोहरा–काठमाडौँ । बिगत केहि समय यता देखि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा लागेर विभिन्न गीत संगीतको माध्यम बाट अशंख्य श्रोता एवं दर्शकहरुको उच्च रोजाइमा पार्न सफल गणेश अधिकारीको “चिहान” बोलको गीत भर्खरै बजारमा आएको छ । योगशना डिजिटल प्रालिले बजारमा ल्याएको यस गीतमा अहिलेकी बहुचर्चित गायिका बिष्णु माझीको सुमधुर स्वर सुन्न सकिन्छ भने विष्णुको साथमा प्रस्तुतकर्ता गणेशको पनि निकै कर्णप्रिय स्वर यस गीतमा सुन्न सकिन्छ ।

मन्जित पहाडीको शब्द र गणेश अधिकारीको लय सृजनाले सजिएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेर सार्बजनिक भएको छ । भिडियोमा सारिका के.सी र अविरल बोहराको अभिनय रहेको छ । अविरलले यस अगी पनि केहि म्युजिक भिडियोमा अभिनय गरेर धेरै दर्शक हरुको उच्च दृष्टिको पात्र बनिसकेका छन् । “चिहान” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन शिवन पोखरेलले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन सुजन शाहीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया